PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

देउवा - ओली छलफल : बानेश्वरको वार्ता सकियो, साँझ बालुवाटारमा फेरि भेट्ने



देउवा - ओली छलफल : बानेश्वरको वार्ता सकियो, साँझ बालुवाटारमा फेरि भेट्ने

काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको छलफल सकिएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेट सकारात्मक भएको कांग्रेस महामन्त्री गगन थापाले बताए।

'यो गठबन्धन अघि बढ्ने विषयमा त अब समस्या आयो आयो, सदन खोलौ भन्ने विषयमा हामी एक ठाउँमा आयौँ,' कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र ओलीबिचको भेटपछि महामन्त्री थापाले भने।

प्रधानमन्त्री देउवाले राखेको विषयलाई आफ्नो पार्टीमा छलफल गर्ने वचन ‌ओलीले दिएको थापाले बताए। 'यो कुनै दलको विषय होइन। नेपाली कांग्रेस सबैसँग खुला छलफल गर्न तयार छ। यसलाई अगाडि बढाउ भन्यौ र अवरोध हटाऔं भनेर छलफल गर्‍यौं। अध्यक्षले आफ्नो पार्टीको छलफल गर्छु भन्नु भयो,' महामन्त्री थापाले भने।

देउवा र ओलीबिच साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुनेसमेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell