PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महाशिवरात्रिका लागि कम्पनी छनोट, पशुपतिमा दुई वर्षपछि मेला लाग्दै



महाशिवरात्रिका लागि कम्पनी छनोट, पशुपतिमा दुई वर्षपछि मेला लाग्दै

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ।

महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिनेछ। सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव सञ्चालन सङ्घलाई १५ लाख १५ हजारमा मेला सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ। मेलामा बालबालिका एवं वयस्कका लागि पिङलगायतका खेलका साथै विभिन्न सामग्रीको किनमेल पनि गर्न सकिने गरी कक्ष सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने भएको हो। सङ्क्रमण फैलने डरले २०७६ र २०७७ का मेला स्थगित भएका थिए। यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानीसाथ मेला सञ्चालन गरिने अधिकारीले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell