PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हान... केटा हो हान्...



रवीन्द्र मानन्धर

हान... केटा हो हान्...

प्रतिनिधिसभामा टेवल भएको एमसीसी तनावको विषय। त्यसमाथि बहस चलाउने जिम्मेवारी पाएका अर्थ मन्त्री जनार्दन शर्माको। तर, उनी 'फरार' - टेवल हुँदा पनि, हिजोको बैठकमा पनि - जुन आखिरमा बस्‍नै सकेन। लडाकु शैलीले जिम्मेवारीबाट 'भाग्‍ने' उनको रणनीतिलाई के भन्ने? कार्यकर्तालाई सडकमा उतारेर एमसीसी विरुद्ध आन्दोलन चर्काउने अनि आफू कहिले 'विरामी' भइदिने त कहिले देशाटनमा गइदिने! हिजो भयो त्यस्तै। प्रतिनिधिसभाको कार्यसूचीमा उनको नाम थियो - एमसीसीको जवाफ दिनेमा। तर उनी पुगे पर्वत - पत्‍नीसँगै। ह्याङ्गिङ टेवलमा ब्रेकफास्ट गरेको भिडियो र फोटो आइहाल्यो। एमसीसीबाट भागेर भिरमा झुन्डिएको टेबुलमा ब्रेकफास्ट गर्नुको मजा अरुले अनुभूति गरुन् कसरी?

कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell