काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अनुमोदन हुने दाबी गरेका छन्। शुक्रवार संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले एमसीसी पास हुने दाबी गरेका हुन्।
'एमसीसी पास हुन्छ। तर यो सरकार रहन पनि सक्छ नरहन पनि सक्छ,' कोइरालाले भने, 'यही गठबन्धन चलिरहन सक्छ वा एमालेसँग पनि गठबन्धन हुन सक्छ।'
संसद गतिरोध जारी रहनुको कारण एमसीसी नै भएको उनको भनाई रह्यो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवा लागिरहेको कोइरालाले बताए। 'शेरबहादुरजीको अन्तिम प्रयास एमसीसी पनि पास गरौं, गठबन्धन पनि नटुटौं भन्नेमा हो। यही प्रयास चलिरहेको छ,' उनले भने।