PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वाग्मती प्रदेशका ६ हजार बालबालिका जोखिमपूर्ण काममा : प्रतिवेदन



वाग्मती प्रदेशका ६ हजार बालबालिका जोखिमपूर्ण काममा : प्रतिवेदन
asianews.it

वाग्मती : वाग्मती प्रदेशका ६ हजार २ सय बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ। स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरिरहेको उल्लेख छ।

उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका वाग्मती प्रदेशमा जोखिमपूर्ण श्रममा छन्। हेटौंडामा आयोजित एक कार्यक्रममा संयोजक सोमबहादुर स्याङ्तानले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनअनुसार वाग्मतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि १४ वर्षका १५.६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७.२ प्रतिशतले विभिन्न कारणले श्रम गरिरहेका छन्।

यस्तै, ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको प्रतिवेदनमा उल्लेख छ। सरकारले तोकेको कानुनविपरीत बालश्रम गरिरहेका बालबालिकाले ठूलो जोखिम र भारी उठाउनुपरेको, कामको पूरा पारश्रमिक नपाएको, रातिराति काम गर्नुपर्ने र अभद्र व्यवहार खेप्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell