PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पशुपतिमा महाशिवरात्रि माहोल : ५० लाखका बत्ती र फूल सजाइँदै, आउन थाले साधुसन्त



पशुपतिमा महाशिवरात्रि माहोल : ५० लाखका बत्ती र फूल सजाइँदै, आउन थाले साधुसन्त
फाइल फोटो

काठमाडौं : महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्र सिँगारिन थालिएको छ। दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बिजुली बत्तीले झिलीमिली बनाउने क्रम सुरु भइसकेको छ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपति क्षेत्रका सबै स्थानमा बिजुलीकोव व्यवस्था गरिने बताए। मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताए। फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो।

बिजुली बत्ती र फूलले सजाउन दाताले करिब ५० लाखबराबरको सहयोग गरेका छन्। यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ।

दाताले आफैँ कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेको प्रवक्ता अधिकारीले बताए। पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्रलेखनमा भने कोषले खर्च गरेको हो।

यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ। महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ। खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएको छ। ठाउँ ठाउँमा बिजुली बत्तीले पशुपति क्षेत्र सुन्दर देखिएको छ।

महाशिवरात्रिका लागि आएका साधुसन्तको भीड पनि बढ्न थालेको छ। हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा कोषले निःशुल्क भोजनको व्यवस्था गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell