PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्षमाथिका धेरै, ९ वर्षमुनिका ५१ ले ज्यान गुमाए



कोरोनाबाट मृत्यु हुनेमा ६० वर्षमाथिका धेरै, ९ वर्षमुनिका ५१ ले ज्यान गुमाए

काठमाडौं : नेपालमा कोरोनाबाट सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले ज्यान गुमाएका छन्। सो उमेर समूहका दुई हजार ५०१ को सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार ३७५, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २९३ र ४० देखि ४० वर्ष उमेर समूहका एक हजार ६६३ जनाले ज्यान गुमाएका छन्। यस्तै, ८० वर्षभन्दा माथि उमेर समूहका एक हजार ६३७, ३० देखि ३९ वर्ष समूहका ९३६, २० देखि २९ वर्षका ३७९, नौ वर्ष मुनिका ५१ र उमेर नखुलेका १३ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा ११ हजार ९३२ जनाको ज्यान गएको छ। डेल्टा भेरिएन्टका कारण नेपालमा धेरै नागरिकको मृत्यु भएको हो। पछिल्लो ‘ओमिक्रोन’ भेरिएन्ट बढी सङ्क्रामक देखिए पनि कम घातक पाइएको चिकित्सकको भनाइ छ।

नेपालमा हालसम्म नौ लाख ५५ हजार ४५८ जना कोरोनामुक्त भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० छ।

यस्तै, शुक्रबार देशभरका खोपकेन्द्रमार्फत एक लाख २२ हजार ४९३ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। ‘बुस्टर डोज’ लगाउनेको संख्या हालसम्म १० लाख ५६ हजार ७७२ पुगेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell