PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेस - एमालेका दोस्रो तहका नेताहरुको छलफलपछि निर्णायक वार्ताका लागि बालकोट जाँदै देउवा



कांग्रेस - एमालेका दोस्रो तहका नेताहरुको छलफलपछि निर्णायक वार्ताका लागि बालकोट जाँदै देउवा
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली शुक्रवार बालकोटमा। फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ताको तयारी थालेका छन्। ओलीको सचिवालयका अनुसार दुई नेताबिच अपरान्ह ५ बजे छलफल हुने छ। त्यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबिच छलफल हुने तय भएको छ।  

नेताहरुको छलफल सकिएपछि देउवा पनि ओली निवास बालकोट जाने तयारीमा छन्। यसअघि पुस २४, माघ ५, फागुन १० र फागुन १३ गते पनि देउवा बालकोट पुगेका थिए। यस्तै प्रतिनिधि सभाको बैठक स्थगित गरेर देउवाले फागुन १२ गते ओलीलाई संसद भवन बानेश्वरमै र साँझ बालुवाटारमा निम्ता दिएर भेटेका थिए।

देउवा-ओलीको छलफल हालसम्म निष्कर्षमा भने पुगिनसकेको एमालेका नेताहरुले बताएका छन्। शुक्रवार साँझ भएको छलफलमा दुबै दलले आआफ्नै अडान दोहोर्‍याएका थिए भने सहमतिका लागि थप छलफल आवश्यक भएको भन्दै आजका लागि भेट तय भएको थियो।

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषयमा सत्ता गठबन्धन विभाजित भएपछि देउवाले ओलीको साथ खोजेका छन्। तर,ओलीले सभामुख अग्नि सापकोटाको राजीनामा या माधवकुमार नेपालसहित १४ सांसदको कारवाही अनुमोदनलाई शर्तका रुपमा अघि सारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell