PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मातृभाषा पठनपाठन कार्यान्वयन गराउने प्रतिबद्धतासहित सकियो थारु राष्ट्रिय सम्मेलन, के छ १० बुँदे घोषणापत्रमा?



मातृभाषा पठनपाठन कार्यान्वयन गराउने प्रतिबद्धतासहित सकियो थारु राष्ट्रिय सम्मेलन, के छ १० बुँदे घोषणापत्रमा?

कञ्चनपुर : छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलनले १० बुँदे घोषणापत्र जारी गरेको छ। कृष्णपुर नगरपालिका–५ सिंहपुरमा शुक्रबार सम्पन्न सम्मेलनले घोणापत्र जारी गरेको हो।

थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारू बाहुल्य पालिकाका विद्यालयसँग सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ।

'थारू समुदायका विषयवस्तु उठानका साथै आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छन्,' घोषणापत्रमा भनिएको छ।

थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने पनि सम्मेलनले निर्णय गरेको छ। आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने निर्णय पारित भएको छ।

सम्मेलन आयोजक समितिका सहसंयोजक वीरबहादुर राजवंशीले थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब सिर्जना गरिने सम्मेलनले निर्णय गरेको बताए। 

थारू लेखक सङ्घ नेपाल, थारू कल्याणकारिणी सभा, गोचाली परिवार, सिंहपुर युवा क्लबको आयोजनामा फागुन १२ देखि सुरु सम्मेलन १४ गते सकिएको हो।आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा हुने भएको छ।

१० बुँदै घोषणापत्र-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell