PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कांग्रेस कैलालीको नेतृत्व चुन्न मतदान सुरु, तीन प्यानल चुनावी मैदान



कांग्रेस कैलालीको नेतृत्व चुन्न मतदान सुरु, तीन प्यानल चुनावी मैदान

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ। धनगढीस्थित रङ्गशालामा मतदान सुरु भएको हो।

निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि धनगढीको रङ्गशालामा मतदान भइरहेको छ। मतदानमा झन्डै ३ हजार मतदाताले मतदान गर्ने बताइएको छ।

जिल्लामा नेतृत्वका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट शेखर कोइराला प्यानलका एक गरी तीन प्यानल चुनावी प्रतिस्पर्धामा छन्। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा कोइराला पक्षबाट रामबहादुर कलेलको सभापतिमा उम्मेद्वारी परेको छ।

भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा राम समझ राना र कलेसु चौधरीले उम्मेद्वारी दिएका छन्।

त्यस्तै, बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेद्वारी परेको छ।

यस्तै, इतर पक्षका कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय ‘आगो’, सचिवमा देवानन्द जैसी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेद्वारी परेको छ।

१२ जना भने निर्विरोध भएका छन्। चार जना थारु महिला सदस्य, भूगोल महिला सदस्य, एक जोशीपुर भूगोल र एक महाधिवेशन प्रतिनिधि निर्विरोध भएको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिएका छन्।

जिल्ला सभापतिमा संस्थापन पक्षबाटै दावी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेर उनले भट्ट प्यानललाई सघाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell