PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कंगना अभिनित 'धाकड' जेठ १३ मा प्रदर्शन हुने



कंगना अभिनित 'धाकड' जेठ १३ मा प्रदर्शन हुने

कंगना रनौत अभिनित फिल्म 'धाकड' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म जेठ १३ गते (मे २७) मा सिनेमा हलमा रिलिज हुने पक्का भएको हो।

कंगनाले फिल्मको पोस्टर सेयर गदैँ प्रदर्शन मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। पोस्टरमा कंगना एक्सन अवतारमा देखिएकी छिन्। 'एजेन्ट अग्नि' तीव्र रुपमा आउँदैछ, जो कहिले रोकिनेछैन्।' उनले लेखेकी छिन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Kangana Ranaut (@kanganaranaut)

धाकडमा कंगना एक एजेन्टको रुपमा देखिदैँछिन्। एक्सन र थ्रिलर यो फिल्म हिन्दीका साथै तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज हुनेछ।

रजनीश घई निर्देशित यस फिल्ममा कंगनाका साथै अर्जुन रामपाल, दिव्या दत्त लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell