PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

भोलिदेखि राप्रपा केन्द्रीय कार्यसमिति बैठक, संगठन विस्तारदेखि स्थानीय निर्वाचनसम्मका एजेन्डा



भोलिदेखि राप्रपा केन्द्रीय कार्यसमिति बैठक, संगठन विस्तारदेखि स्थानीय निर्वाचनसम्मका एजेन्डा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक भोलिदेखि सुरु हुने भएको छ। बुधबार र बिहीबार काठमाडौँमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन र स्थानीय निर्वाचनका विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए।

बैठकअघि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ।

जिल्ला कार्यसमितिमार्फत स्थानीय निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले उम्मेदवारको छनोट गरिरहेको छ। गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो।

पाँच प्रदेशस्तरीय विस्तारित बैठक हालै सम्पन्न गरेको पार्टीले नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षणसमेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell