PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनी प्रदेश सरकारले गर्‍यो अस्पताल विकास समिति र खेलकुद परिषद्का पदाधिकारी नियुक्त



लुम्बिनी प्रदेश सरकारले गर्‍यो अस्पताल विकास समिति र खेलकुद परिषद्का पदाधिकारी नियुक्त

बुटवल : लुम्बिनी प्रदेश सरकारले लामो समयदेखि रिक्त रहेका प्रदेश स्तरका अस्पताल विकास समिति र प्रदेश खेलकुद परिषद्का सदस्यहरुको नियुक्ति गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समितिका पदाधिकारी तथा खेलकुद परिषद्का पदाधिकारी नियुक्त गर्दै जिम्मेवारी प्रदान गरेको हो।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले रिक्त रहेका अस्पताल विकास समितिका पदाधिकारी तथा प्रदेश खेलकुद विकास समितिलाई पूर्णता दिइएको जानकारी दिए।

मन्त्री शर्माका अनुसार गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्यलाई नियुक्त गरिएको छ।

त्यसैगरी, पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाल, कपिलबस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझीलाई नियुक्त गरिएको छ।

यस्तै, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, भिम अस्पताल भैरहवा अस्पताल विकास समितिको अध्यक्षमा कुल प्रसाद न्यौपाने र रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष तथा सदस्यहरुको भने बैठकले कुनै निर्णय नगरेको मन्त्री शर्माले बताए।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद परिषद्मा पनि सदस्यहरु नियुक्त गरेको छ। प्रदेश सरकारका प्रवक्ता शर्माका अनुसार प्रदेश खेलकुद परिषद्का सदस्यहरुमा रुपेन्देहीका जयप्रकाश भट्टराई, कोशिश बहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकुम पूर्वका दुतबहादुर पुनमगर र गुल्मीका भरत थापालाई नियुक्त गरेको छ।

सदस्यहरुको बैठकले सदस्य सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी चयन गर्नेछ। मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत गरेको छ। यसैगरी, आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक कार्यक्रमअन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell