PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

रुसले गर्‍यो कीभ टिभी टावरमा आक्रमण, ५ जनाको मृत्यु



रुसले गर्‍यो कीभ टिभी टावरमा आक्रमण, ५ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको कीभ टीभी टावरमा आक्रमण गरेको छ। मंगलबार गरिएको उक्त मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। सार्वजनिक भिडियोमा टावरमा विस्फोट र धुवाँको मुस्लो देखिएको थियो।

आक्रमणपछि रुसले युक्रेनी टीभी प्रसारणहरू बन्द गर्न चेतावनी दिएको छ। रुसले युक्रेनको राजधानीमा आक्रमण गर्ने चेतावनीका बीच यो घटना भएको हो। टावरमा क्षति पुगेपछि युक्रेनी टीभी प्रसारण रोकिएको छ। युक्रेनको सञ्चार प्राधिकरणले अब 'रिजर्भ प्रसारण' चालु गर्ने बताएको छ।

युक्रेनको विदेश मन्त्रालयले यो आक्रमणलाई 'बर्बरतापूर्ण' भएको बताएको छ।

टावर बेबिन यार क्षेत्रमा रहेको थियो। जहाँ दोस्रो विश्वयुद्धका क्रममा नाजीहरूले कीभका यहूदीमाथि नरसंहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell