PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

एमसीसी अनुमोदन गर्न सघाएकोमा एमालेलाई सरकारको धन्यवाद : छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता



एमसीसी अनुमोदन गर्न सघाएकोमा एमालेलाई सरकारको धन्यवाद : छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनबाट पारित गर्न सहयोग गरेकोमा सरकाले नेकपा एमाले र सभामुख अग्निप्रसाद सापकोटालाई धन्यवाद दिएको छ। सोमवारको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल र सभामुखलाई धन्यवाद दिएका हुन्।

बुधवार सरकारको निर्णय सुनाउँदै सरकारका प्रवक्ता कार्कीले भने, 'एमसीसी अनुमोदनका लागि सहज वातावरण बनाउन सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध दलहरु, प्रमुख प्रतिपक्ष दल, सभामुख तथा संसदहरु सबैलाई नेपाल सरकारको तर्फबाट हार्दीक धन्यवाद। प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नागरिक समाजलाई हार्दिक धन्यवाद।'

बहुप्रतिक्षीत एमसीसी परियोजना चौतर्फी विरोधका बाबजुत फागुन १५ गते प्रतिनिधि सभाबाट बहुमतले पारित भएको थियो।  यसैगरी मन्त्रिपरिषद्ले छिमेकी मुलुकको हित विपरित आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धतासमेत जनाएको छ। 'सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै नेपालको पराराष्ट्र नीतिको मर्म अनुरुप भारत, चीन लगायत कुनै पनि मित्रराष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिन नेपालको प्रतिबद्धता व्यक्त गर्ने,'  सरकारका प्रवक्ता कार्कीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell