PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ग्याल्पो ल्होसारमा राष्ट्रपतिको सन्देश : 'विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान'



ग्याल्पो ल्होसारमा राष्ट्रपतिको सन्देश : 'विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान'

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन्।

शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा देशविदेशमा रहेका नेपालीमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकता थप सुदृढ तुल्याउन सघाउ पुग्ने उल्लेख गरेकी छन्। 

देश भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त भएजस्तै सामाजिक र सांस्कृतिक विविधताले समेत सुसज्जित रहेको उनको भनाइ छ। राष्ट्रपति भण्डारीले सन्देशमा शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको समेत उल्लेख गरेकी छन्।

शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell