PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

एमसीसी 'किचलो'बीच माओवादी केन्द्रीय कमिटी बैठक बस्दै



एमसीसी 'किचलो'बीच माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : एमसीसीका विषयलाई लिएर आन्तरिक विवाद चुलिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ।

बैठकमा अमेरिकी सहायत परियोजना (एमसीसी) सँगको सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायतका एजेन्डा छन् । अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको छैन।

एमसीसी सम्झौताको 'व्याख्यात्मक घोषणा'मा अध्यक्ष सहमत भई पारितसमेत भइसकेपछि पार्टीका केही नेताको तीव्र असन्तुष्टि छ। मुख्यत: नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायत असन्तुष्ट छन्। एमसीसी अनुमोदन भएको भोलिपल्ट सञ्चारकर्मीसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट नेतालाई लक्षित गरी पार्टी छाडे हुन्छ भनेर अभिव्यक्ति दिएपछि विवाद झन् बढेको हो।

श्रेष्ठले पार्टीमा एमसीसीको विपक्षमा रहेका नेताहरूसँग लगातार संवाद गरिरहेका छन्। आफू निकटहरूसँग उनले बुधबार र बिहीबार छलफल गरेका थिए। आजको केन्द्रीय कमिटी कमिटीको बैठकमा एमसीसीविरुद्ध श्रेष्ठ समूहका नेताले चर्को गरी आफ्ना धारणा राख्ने एक नेताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell