
एमसीसीले माओवादी केन्द्रको माहोल गर्माएको छ। सडकमा विरोध गर्माउँदै एमसीसीको प्रस्ताव प्रतिनिधिसभाबाट पास भएपछि प्रचण्डले प्रकाशलाई प्याच्चै बोलिदिए - कसकसलाई निस्किन मन छ, निस्किए हुन्छ। नरायणकाजी श्रेष्ठ उर्फ प्रकाशलाई प्रचण्ड बोलीले घोचिगयो - चसक्क। अनि लागे भेटघाटमा - कहिले विप्लव त कहिले रावल। अनि झलस्स भए प्रचण्ड - एमसीसीले पार्टी फुट्ने त होइन? एमसीसीको झोकमा सीसीमात्र फुटे त ठीकै होला, पार्टी फुट्यो भने सहनु कसरी? त्यसैले धेरैको नजर आज सभागृहतिर छ। कि कसो?