PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

नेविसंघमा महिलालाई अध्यक्ष बनाउन माग गर्दै कांग्रेस पदाधिकारीलाई ज्ञापनपत्र



नेविसंघमा महिलालाई अध्यक्ष बनाउन माग गर्दै कांग्रेस पदाधिकारीलाई ज्ञापनपत्र

काठमाडौं  : नेपाल विद्यार्थी संघमा नयाँ नेतृत्वको लागि रस्साकस्सी शुरु भएसँगै विद्यार्थी नेतृहरुले महिलालाई अध्यक्ष बनाउन माग गरेका छन्। शुक्रवार पार्टीमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु भीष्मराज आङदेम्बे, जीवन परियार, पार्टी प्रवक्ता डा प्रकाशशरण महतलगायतलाई भेटेर नेतृहरुले उक्त माग गरेका हुन्।

नेविसंघ पूर्व केन्द्रीय सदस्य गिता गुरूङ, पुनम भट्ट र प्रेमिका रानामगरसहितको टोलीले पदाधिकारीलाई ज्ञापनपत्र बुझाउँदै महिला पनि अध्यक्ष हाँक्न सक्षम रहेको उल्लेख गरेका छन्।

'नेपाल विद्यार्थी संघका छात्राहरु पनि सभापतिको समावेशी कांग्रेस निर्माण गर्ने अभियान सफल पार्न नेविसंघ केन्द्रिय अध्यक्षको जिम्मेवारी बहन गर्न सक्षम छौ र सो जिम्मेवारी प्रदान गरिदिन हुन अनुरोध गर्दछौ,' ज्ञापनपत्रमा भनिएको छ। पार्टीले हाल राजीव ढुंगाना नेतृत्वको तदर्थ समितिलाई भंग गर्दै नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ। ३२ वर्षे उमेर हदका कारण नेतृत्वलाई नेविसंघको नयाँ अध्यक्ष चयन गर्न मुश्किल परिरहेको अवस्थामा विद्यार्थी नेतृहरु ज्ञापनपत्र बुझाउन पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell