PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माओवादी केन्द्रको बैठक : एमसीसीबारे नारायणकाजीले राखे फरक मत



माओवादी केन्द्रको बैठक : एमसीसीबारे नारायणकाजीले राखे फरक मत

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकमा नेता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे फरक मत राखेका छन्। 

नेता देव गुरुङले श्रेष्ठले एमसीसीबारे फरक मत आएको बताए। 'एमसीसीबारे नारायणकाजी कमरेडले फरक मत राख्नु भएको छ,' उनले भने। श्रेष्ठले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीबाटै जान भनेको भन्दै बैठकमा गुनासो गरेका थिए। प्रचण्डले पार्टी छोड्ने भनेर श्रेष्ठ लगायतका नेताहरुले भनेकाले आफूले इरिटेड भएर पत्रकार सम्मेलनमा त्यस्तो अभिव्यक्ति दिएको बताएका थिए।

माओवादी केन्द्रको रिक्त रहेको पदाधिकारीबारे आजको बैठकमा निर्णय नभएको उनको भनाइ छ। अर्को बैठक आइतवारका लागि बोलाइएको छ। आइतवार पदाधिकारीबारे गृहकार्य गरेर अघि बढने सहमति भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन्। एमसीसी पास गरेपछि श्रेष्ठ समूहका नेताहरुले असन्तुष्ट बनेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell