काठमाडौं : बाँकेको कांग्रेस सभापतिमा संस्थापनइतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्। दोस्रो चरणमा गएको निर्वाचनमा संस्थापन समूहका बादशाह कुर्मीलाई पराजित गर्दै गौडेल बाँके कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्।
संस्थापन पक्षमा दुई जना उम्मेद्वार हुँदा बिहीवार कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो। पहिलो चरणको निर्वाचनमा गौडेलले ५ सय ७०, कुर्मीले ५ सय ३८ मत पाएका थिए। संस्थापन पक्षकै सुरेन्द्रबहादुर हमाल ३१४ मत पाउँदै सभापतिको दौडबाट बाहिरिएका थिए।
शुक्रवार दोस्रो चरणको निर्वाचनमा गौडेलले ७६० मत पाए भने कुर्मीले ६६३ मत पाए।