PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मिडियाप्रति कठोर बन्दै रुस : फेसबुक-ट्वीटरसमेत बन्द, देश छाड्दै पत्रकार



मिडियाप्रति कठोर बन्दै रुस : फेसबुक-ट्वीटरसमेत बन्द, देश छाड्दै पत्रकार

युक्रेनविरुद्धको युद्धमा आफ्नो लाइन नलिने मिडियालाई रुसले प्रतिबन्ध लगाउने क्रम बढेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार क्रेमलिन लाइनविरुद्धका मिडिया र व्यक्तिमाथिको कारबाहीलाई तीव्र बनाउने बताएका छन्। रुसले फेसबुक र ट्विटरमा समेत प्रतिबन्ध लगाएको छ।

बीबीसी, अमेरिकी सरकारद्वारा अनुदानप्राप्त भ्वाइस अफ अमेरिका र रेडियो फ्री युरोप/रेडियो लिबर्टी, जर्मन प्रसारक ड्युचे वेले र लाट्भियामा आधारित वेबसाइट मेडुजामाथि प्रतिबन्ध लगाइएको छ। रुसी भाषामा समाचार प्रकाशन गर्ने विदेशी मिडियाविरुद्ध पनि व्यापक कारबाही थालिएको छ।

रुसी सशस्त्र सेनालाई बदनाम गर्न नक्कली सूचना फैलाउनेविरुद्धको कानुनलाई शुक्रबार सांसदहरुले अनुमोदन गरेका छन्। उक्त कानुन उल्लंघन गर्नेलाई १.५ मिलियन रुबल जरिवानाको व्यवस्था गरिएको छ।

रुसी कदमका कारण मिडिया हाउस बन्द हुने क्रम जारी छ भने पत्रकारहरु देश छाड्न बाध्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell