PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हिमपहिरोमा परी १५ चौंरी मरे, १० वटा हराए



हिमपहिरोमा परी १५ चौंरी मरे, १० वटा हराए

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौंरी मरेका छन्। छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौंरी मरेका हुन्। शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए।

'चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो,' उनले भने, 'हिउँले पुरिएर चौरी मरेका हुन्।' चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए।

हिउँदमा जाडो छल्न बेँशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो। मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ।

गत कात्तिक २९ गते पनि हिमपहिरो खसेको थियो। मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए। नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell