PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

'युद्धविराम उल्लंघन' गरेको रुससँग युक्रेनको वार्ता भोलि



'युद्धविराम उल्लंघन' गरेको रुससँग युक्रेनको वार्ता भोलि

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता भोलि सोमबार हुने भएको छ। यसअघि बेलारुसको सीमामा दुईपटक भएका शान्तिवार्ता बिनानिष्कर्ष टुंगिएको थियो। यस पटकको वार्तास्थल भने खुलाइएको छैन।

हिजोमात्रै युक्रेनका दुई शहरमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको जनाएको थियो। मारिउपोल र भोल्नोभाखामा मानवीय सहयोगद्वार खुल्ला हुने गरी युद्धविराम घोषणा गरेको भनिए पनि यसको उल्लंघन भएको युक्रेनको भनाइ छ। दक्षिणपूर्वी सहर मारिउपोलमा मानव उद्धारमा समस्या आएको अधिकारीहरुले बताएका छन्।

रुसले युद्धविराम उल्लंघन गर्दै उक्त क्षेत्रमा गोलाबारी जारी राखेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ। रुसी विमानहरूले आवासीय क्षेत्रहरुमा बम खसालेको बताइएको छ। ​​​​

​​​रुसले युक्रेनमाथि आक्रमण थालेपछि वार्ताको प्रयास सुरु भएको हो। पछिल्ला दिन रुसले युक्रेनको राजधानी किभका आवासीय क्षेत्र लक्षित गरी हवाई आक्रमण गरेको छ। किभमा खतराको जनाउ दिने साइरन बज्ने गरेका छन्।

युद्धका कारण हालसम्म १२ लाखभन्दा बढीले युक्रेन छाडिसकेका छन्। पलायन हुनेहरु धेरैजसो पोल्यान्ड पुगेका छन्।  हंगेरी, माल्डोभा, स्लोभाकिया, रोमानियामा पनि धेरै संख्यामा मानिसहरु शरण लिन पुगेका छन्। युद्धका कारण ४० लाखले युक्रेन छाड्ने सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell