PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कांग्रेस महोत्तरी सभापतिमा नागेश्वर यादव



कांग्रेस महोत्तरी सभापतिमा नागेश्वर यादव

वीरगंज : नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन्। शनिवार घोषित मतपरिणाम अनुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए। विजयी नागेश्वरले कुल खसेको दुर्ई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उम्मेदवार बजरंग नेपालीले ३०६ मत प्राप्त गरेका थिए।

काङ्ग्रेसको विधान अनुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भएपनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए। काङ्ग्रेसको १४औं महाधिवेशनको क्रममा यसअघि विभिन्न कारणले अल्झदै आएको थियो जिल्ला अधिवेशनको मतदान शुक्रवार सम्पन्न भएको हो।

मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए। सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै काङ्ग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएका हुन्। यसअघि नेपाल विद्यार्थी सङ्घको विभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका उनी दलको १३औं महाधिवेशनमा पनि जिल्ला सभापतिका उम्मेदवार थिए। उनी जिल्लाको लोहारपट्टि नगरपालिकाको मधपुराका स्थायी बासिन्दा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell