PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ



विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

बुटवल : अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको पुष्टि गरे।

‘नाबालिग छात्रा आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार भएको खुलेको छ’, प्रहरी निरीक्षक खनालले भने ।

शिक्षकलाई पक्राउ गरी अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell