PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

सरानाको ‘मन्तर मोहनी' : जादुगरको भूमिकामा महजोडी



सरानाको ‘मन्तर मोहनी' : जादुगरको भूमिकामा महजोडी

काठमाडौं: गायिका सराना श्रेष्ठको ‘मन्तर मोहनी' बोलको गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको गीतमा गायिका सराना श्रेष्ठको स्वर सुन्न सकिन्छ। सराना कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी हुन्।

गीतको भिडियोमा महजोडी अर्थात् मदनकृष्ण र हरिवंश आचार्यको फरक अवतार देख्न सकिन्छ। उनीहरु गीतको भिडियोमा जादुगरको भूमिकामा देखिएका छन्। भिडियोमा सरानाका साथै पुष्प खड्का र साम्राज्ञी क्षेत्रीको अभिनयसमेत देख्न सकिन्छ।

सरानाकै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोमा गोपालकृष्ण महर्जन र सरानाको लगानी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell