PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

हत्याको अभियोगमा असई धामी पक्राउ



हत्याको अभियोगमा असई धामी पक्राउ

सुर्खेत : कर्तव्य ज्यान मुद्दाका आरोपित ४२ वर्षीय प्रहरी सहायक निरीक्षक शेर सिंह धामीलाई सुर्खत प्रहरीले आइतवार पक्राउ गरेको छ।

कालिकोट तिलागुफा नगरपालिका-३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’लाई संवेदशील अंगमा निर्घात कुटपिट गरेकै कारण मृत्यु भएको दावी सहित मृतकका बुवा हीराचन्द्र हमालले आइतवार प्रहरी सहायक निरीक्षक धामीविरुद्ध जाहेरी दिएका थिए।

जाहेरी परेलगत्तै सुब्बाकुना प्रहरी चेकपोष्टका इन्चार्ज समेत रहेका असई धामीलाई वीरेन्द्रनगरबाटै पक्राउ गरेर सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदम बहादुर विष्टले जानकारी दिए।

शुक्रवार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको भे १ क ९२२ नम्बरको मिनि ट्रकमा आएका हमाललाई चेकपोष्टस्थित प्रहरीले केरकार गरी कुटपिट गरेको आफन्तको आरोप छ। हमालको शनिवार मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell