![रसियामा युद्धको विरोधमा उत्रिएका ४ हजार बढी प्रदर्शनकारीहरू पक्राउ](https://pahilopost.com/assets/upload/contentthumb/Protest-Russia.jpg)
रसियामा ठूलो संख्यामा प्रदर्शनकारीहरू पक्राउ परेका छन्। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्दै रसियाका २१ शहरमा आइतवार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।
सो क्रममा ४ हजार ३०० भन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। स्वतन्त्र निगरानी समूह ‘ओभीडी-इन्फो’ले भ्लाडिभोस्टोक र इर्कुट्स्कलगायतका शहरबाट ४ हजार ३६६ जनालाई नियन्त्रणमा लिएको रेकर्ड गरिएको बताएको छ।
रसियाको आन्तरिक मन्त्रालयले यसअघि मस्कोमा १ हजार ७००, सेन्ट पिटर्सबर्गमा ७५० र अन्य सहरमा १ हजार ६१ जनासहित करिब ३ हजार ५०० व्यक्तिलाई नियन्त्रणमा लिएको बताएको थियो।