PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

महामारीको प्रभावले अन्याय झन् धेरै गुणाले बढ्यो : युनिसेफ



महामारीको प्रभावले अन्याय झन् धेरै गुणाले बढ्यो : युनिसेफ

काठमाडौं : कोभिड-१९ महामारीको प्रभावले लैङ्गिक असमानता धेरै गुणाले बढेको युनिसेफले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले वक्तव्य जारी गर्दै महामारीको प्रभावले अन्याय झन् धेरै गुणाले बढेको बताएकी हुन्।

उनले भनेकी छिन्, ‘लैङ्गिक समानताको लडाइँ समाप्त हुन अझ धेरै बाँकी छ। वास्तवमा, कोभिड-१९ भन्दापहिले पनि लैङ्गिक असमानता हाम्रो परिवेशमा सबैभन्दा व्यापक र उल्लेखनीय अन्यायको रूपमा कायम रहेको थियो। यो महामारीको प्रभावले यो अन्याय झन् धेरै गुणाले बढेको छ।’

कोभिड-१९ को तेस्रो वर्षमा प्रवेश गर्दा महामारीपछिको युगको लागि काम गरेसँगै सही पुनर्स्थापना लैङ्गिकताको हिसाबले समान हुनुपर्ने उनले बताएकी छिन्।

‘कोभिड-१९ ले बालिकाहरूको जीवनमा नराम्रो असर गरिरहेको छ। बन्द विद्यालयहरू, आर्थिक तनाव तथा सेवामा अवरोधहरूले सबै भन्दा कमजोर बालिकाहरूको स्वास्थ्य, कल्याण र भविष्यलाई जोखिममा पारिरहेका छन्। विश्वव्यापीरूपमा, १ करोड दश लाख भन्दा बढी बालिकाहरू महामारीपछि कहिल्यै विद्यालयमा नफर्कन सक्छन्। अर्को दशकमा, थप एक करोड बालिकाहरू बालविवाहको जोखिममा रहनेछन्,’ उनले भनिन्।

लकडाउनले बालबालिकालाई आफ्नो घरमा बढी समय बिताउन बाध्य तुल्याएको हुनाले बालिकाहरूले अधिक मात्रामा घरेलु कामको जिम्माको बोझ उठाइरहेको उनको भनाइ छ। तीमध्ये धेरैजना आफ्ना दुर्व्यहारकर्तासँग नजिक रसुरक्षा प्रदान गर्न मद्दत गर्ने सेवाहरू र समुदायहरूबाट अलग हुन बाध्य भएको उनले बताइन्। लैङ्गिकतामा आधारित हिंसाका साथमा यौन हिंसा पनि बढ्दै गएको उनले बताइन्।

उनले भनिन्, ‘हामी बालिकाहरूको एक सम्पूर्ण पुस्तालाई उनीहरूको बाँकी जीवनको लागि यो महामारीको नकारात्मक परिणाम वहन गर्न दिन सक्दैनौँ। महामारीपछिको समयतिर काम गर्ने क्रममा हामीले बालिकाहरूलाई विश्वव्यापी, राष्ट्रिय र स्थानीय महामारी सम्बन्धित प्रतिक्रिया तथा पुनर्स्थापनाका योजनाहरूको केन्द्रमा राख्नुपर्छ।’

यसको अर्थ बालिकाहरूको शिक्षालाई पुनः सञ्चालन गर्न विद्यालयहरू खुला राख्नु भएको र पढाइ छुटेकाहरूको मद्दत गर्न विभिन्न स्रोतहरूमा लगानी गर्नु रहेको उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell