PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

महिला दिवसको अवसरमा ललितपुरमा साइकल तथा ह्विल चेयर र्‍याली

महिला दिवसको अवसरमा ललितपुरमा साइकल तथा ह्विल चेयर र्‍याली


काठमाडौं : ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा साइकल तथा ह्विल चेयर र्‍याली गरिएको छ। ललितपुर महानगरपालिका, रोटेरी क्लब र नेपाल साइकल सोसाइटीको आयोजनामा जाउलाखेल चोकदेखि मंगलबजारसम्म साइकल तथा ह्विल चेयर र्‍याली गरिएको हो।

र्‍यालीको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए। सो क्रममा स्नेहा केयरकी स्नेहा श्रेष्ठलाई उत्कृष्ट नारी कदर पत्रबाट सम्मानित समेत गरिएको थियो।

त्यसैगरी, महिला दिवसको अवसरमा प्रदेश १ को दमक, लुम्बिनी प्रदेशको नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशको भीमदत्तमा पनि साइकल परेडको आयोजना गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell