PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फिल्म ‘वर एण्ड बधु’मा आँचल र विवेकको जोडी पक्का



फिल्म ‘वर एण्ड बधु’मा आँचल र विवेकको जोडी पक्का

काठमाडौं : फिल्म ‘वर एण्ड बधु’मा नव-कलाकार विवेक कर्मचार्य अनुबन्धित भएका छन्। विवेकलाई यस फिल्ममा मुख्य अभिनेताको भूमिकामा फाइनल गरिएको हो।

यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य अभिनेत्रीको लागि फाइनल भइसकेकी छिन्। फिल्ममा विवेक र आँचल जोडीको रूपमा देखिनेछन्।

एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मिलन चाम्सको निर्देशन रहने छ। कमेडी र लभ स्टोरी कथामा निर्माण हुने फिल्मको छायांकन केही दिनमै सुरु गर्ने निर्देशक चाम्सले जानकारी दिए।

विवेकले माला आर्ट्स एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन्। विगत केही समयदेखि उनी चलचित्रको तयारीमा व्यस्त छन्। आँचल शर्माले यही फिल्मको लागि आफ्नो तौल पनि घटाएकी छिन्। फरक कथामा बन्न लागेको फिल्मका कारण आफू उत्साहित रहेको आँचलले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell