PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र दिन प्रधानमन्त्री देउवा वीरगंजमा



जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र दिन प्रधानमन्त्री देउवा वीरगंजमा

वीरगंज : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेश प्रदेशको वीरगंज पुगेका छन्। पार्टीकै कार्यक्रममा सहभागी हुन उनी हेलिकप्टरबाट बिहान साढे १० बजे वीरगंज पुगेका हुन्।

नेपाली कांग्रेस पर्साद्वारा होटल लर्डस दियालो होटलमा आयोजित प्रमाण पत्र वितरण समारोहमा उनी प्रमुख अतिथिको रुपमा सहभागी हुन आएको नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले बताए। १४ औं महाधिवेशन अन्तर्गत हाल‌ सम्पन्न कांग्रेस पर्साको जिल्ला अधिवेशनमा पदाधिकारीसहित निर्वाचित जिल्ला कार्य समितिका सदस्यलाई उनले प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको कार्यक्रमलाई लक्षित गर्दै हाल पर्साको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री देउवा आजै काठमाडौं फर्किनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell