PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

संखुवासभा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, घाइतेलाई उद्धार गर्न हेलिकप्टर पठाइँदै



संखुवासभा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, घाइतेलाई उद्धार गर्न हेलिकप्टर पठाइँदै

खाँदबारी : सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

बिहीवार बिहान ७:३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो। मृतकको पहिचान भइसकेको छैन। दुर्घटनामा मृतकबारे विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ। बस सडकबाट करिब ३०० मिटर तल खसेको छ। घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजीकार्य भने जारी नै छ।

बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाइने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन्।

'मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।

घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ। चैनपुरबाट हेलिकप्टरमा धरान पुर्‍याउने तयारी भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।

घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell