PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

हरियो प्लेट, हरियै साग! कांग्रेसी हौं कि क्या हो ?



रवीन्द्र मानन्धर

हरियो प्लेट, हरियै साग! कांग्रेसी हौं कि क्या हो ?

भारतको उत्तर प्रदेशमा मायावतीको चुनाव चिन्ह हात्ती। सत्तामा जताततै कंक्रिटका हात्ती ठड्याइन् उनले। चुनाव आयो कि ती हात्तीलाई खोल लगाउन थालियो। मायादेवीको पार्टी पत्तासाफ! त्यहीबाट सिकेका छन् एमालेजनका 'बा' केपी ओलीले पनि। नत्र हरियो मसीसँग किन तर्सिनुपर्थ्यो? मौका पाउँदा आफूले गोदावरीमा सरकारी हलको नाम - सनराइज राखेकै हुन्। कसैले वास्ता गरेनन्। भने - नाम राखे त के भयो? तर ओली फरक हुन्। विशेष पनि हुन्। त्यसैले उनलाई निर्वाचन आयोगले हरियो मसी प्रयोग प्रितकर लागेन। 'बा'लाई प्रितकर नलागेपछि सन्तानलाई मन परोस् कसरी? त्यसैले निर्वाचनसम्म हरियो देखिने कुनै पनि कुरा 'बा'का अगाडि नपार्नु। नत्र जे पनि होला है। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell