रसियाली विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी डिमिट्रो कुलेबाबिच वार्ता भएको छ। दुई विदेशमन्त्रीबिच टर्कीमा आमनेसामने वार्ता भएको अल जजिराले उल्लेख गरेको छ। वार्ताको टर्किश विदेशमन्त्री मेभलुट काभुसोग्लुले मध्यस्थता गरेका थिए।
युक्रेनी विदेशमन्त्री कुलेबाले लाभरोभसँगको वार्ता भइरहँदा २४ घन्टा युद्धविरामको प्रस्ताव राखेका थिए। तर, यस विषयमा दुई पक्षबिच सहमति जुट्न नसकेको कुलेबाले बताएका छन्।
‘यस विषयमा निर्णय गर्न रसियामा अन्य व्यक्तिहरु नै रहेको देखिन्छ,’ कुलेबाले वार्तापछि पत्रकार सम्मेलनमा भने।
कुलेबाले युक्रेनमा ‘सबैभन्दा महत्वपूर्ण मानवीय संकटको समाधान गर्न’ युद्धविराम आवश्यक भएको बताए।
त्यस्तै, पत्रकार सम्मेलनमा रसियाली विदेशमन्त्री लाभरोभले अमेरिकाले युक्रेनलाई सधैँ ‘प्रयोगशाला’ बनाएको आरोप लगाए।