PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ताप्लेजुङ सदरमुकाममा भएको आगलागीमा एक जनाको मृत्यु, आगो नियन्त्रणमा



ताप्लेजुङ सदरमुकाममा भएको आगलागीमा एक जनाको मृत्यु, आगो नियन्त्रणमा
रासस

ताप्लेजुङ : सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा भएको आगलागीमा परी एक वृद्धाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बूको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो।

आगलागीबाट शिव मादेनको घर पूर्ण रूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell