PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिज : बाहुबली स्टार प्रभासको 'राधेश्याम'सहित तीन फिल्म प्रदर्शनमा



फ्राइडे रिलिज : बाहुबली स्टार प्रभासको 'राधेश्याम'सहित तीन फिल्म प्रदर्शनमा

काठमाडौं : यो साता 'फ्राइडे रिलिज' अन्तर्गत नेपाली फिल्म ‘आकासे खेती’ र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। बलिउडतर्फ ‘राधेश्याम’ र दक्षिण भारतीय फिल्म ‘ईटी’ प्रदर्शनमा आएका हुन्।

उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ मा गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ। बिनामेहनत पैसा कमाउन चाहने युवाको सपना र तिब्बती शरणार्थीको विषयमा फिल्म केन्द्रित छ।

त्यसैगरी, बाहुबली स्टार प्रभासको मुख्य भूमिका रहेको ‘राधेश्याम’ पनि रिलिज भएको छ। राधाकृष्ण कुमार निर्देशित यो फिल्ममा प्रभासका साथै पूजा हेगडेको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् १९७० को युरोपको कथामा आधारित छ। यो फिल्म हिन्दीका साथै तेलुगू, तामिल, कन्नड र मलायलममा भाषामा समेत रिलिज भएको छ।

त्यस्तै, साउथ फिल्म ‘ईटी’ एक्सन जनरामा बनेको फिल्म हो। यसमा सूर्या मुख्य भूमिकामा देखिएका छन्। पान्डीराज निर्देशित फिल्ममा सूर्याका साथै प्रियंका अरुल मोहन, विनय राय, सत्यराज, सरन्या पोनवन्नन, सूरी लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell