PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

अहिलेकै गठबन्धन दलबीच निर्वाचनमा सहकार्य हुन्छ : प्रचण्ड



अहिलेकै गठबन्धन दलबीच निर्वाचनमा सहकार्य हुन्छ : प्रचण्ड

सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुसँग कुनै खटपट नभएको स्पष्ट पार्दै आगामी स्थानीय निर्वाचनमा सहकार्य हुने बताएका छन्। पार्टी प्रदेश कमिटीको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले अहिलेकै गठबन्धन दलबीच सहकार्य गरेर निर्वाचनमा जाने र पछिसम्मै गठबन्धन टिकाउनेतर्फ प्रयास भइरहेको बताए।

माओवादी पार्टी नै देशको निर्णायक शक्ति भएको उनले दाबी गरे। देशको राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्नेमा माओवादी नै निर्णायक रहेको उनको भनाइ थियो।

पार्टीभित्र पछिल्ला दिन देखिएका समस्या समाधान भई एकताबद्ध भएको उनले बताए। पार्टीभित्र केही मतभेद देखिएको र केन्द्रीय समितिबाट एकताबद्ध भई एउटै लाइन भएर अघि बढ्ने विषयमा सहमति जुटेको उनको भनाइ छ। 

त्यस्तै, अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनले देश दुर्घटना हुनबाट जोगिएको प्रचण्डले बताए।

प्रचण्डसहित कर्णाली प्रदेश कमिटी इन्चार्ज शक्ति बस्नेत लगायतका नेता सुर्खेत आएका छन्। प्रशिक्षणमा कर्णालीका ७९ वटै पालिका, जिल्ला कमिटी, प्रदेश कमिटीका पदाधिकारीसहित जनवर्गिय संगठनका केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell