PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा प्रेमध्वज बाहिरिए, जंगबहादुर र वंशलालबीच फेरि प्रतिस्पर्धा



सिन्धुपाल्चोक कांग्रेस सभापतिमा प्रेमध्वज बाहिरिए, जंगबहादुर र वंशलालबीच फेरि प्रतिस्पर्धा

सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। शनिबार भएको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज पुन: मतदान हुने भएको हो।

जिल्ला सभापतिका लागि संस्थापन पक्षमै दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो। पहिलो चरणमा संस्थापन पक्षका जंगबहादुर लामाले ७०५ पाउँदा संस्थापनकै बागी उम्मेदवार डा. प्रेमध्वज लामाले ४९३ मत पाए। संस्थापनइतरका वंशलाल तामाङले ६२९ मत ल्याए। प्रेमध्वज बाहिरिएँगै अब सबैभन्दा बढी मत ल्याउने जंगबहादुर र वंशलालबीच चुनावी प्रतिस्पर्धा हुनेछ।

मतदान सदरमुकाम चौतारामा ११ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ। सिन्धुपाल्चोक कांग्रेसमा १ हजार ८ सयभन्दा बढी मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell