PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेशसभा बैठक आज, असन्तुष्ट एमालेले सरकारसँग जवाफ माग्ने



वाग्मती प्रदेशसभा बैठक आज, असन्तुष्ट एमालेले सरकारसँग जवाफ माग्ने

हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यसअघि प्रतिपक्षी एमालेले पटकपटक बैठक अवरोध गर्दै आएको थियो। 

सरकारले ल्याएको योजना कटौतीप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ। सुरुङ मार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगन गर्ने सरकारी निर्णयमा पनि उसको असहमति छ। रकमान्तरका विषयमा समेत सरकारले चित्तबुझ्दो जवाफ मागिरहेको छ।

यसअघिको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक बस्ने सहमति जुटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell