PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सिन्धुपाल्चोक कांग्रेस अधिवेशन : संस्थापनका बागी उम्मेदवार प्रेमध्वजको समर्थन वंशलाललाई



सिन्धुपाल्चोक कांग्रेस अधिवेशन : संस्थापनका बागी उम्मेदवार प्रेमध्वजको समर्थन वंशलाललाई

चौतारा : कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा तेस्रो बन्दै रेसबाट बाहिरिएका डा.प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने भएका छन्। चौतारास्थित होटल अरनिकोमा प्रेस मिट गरी उनले आफ्नो मतदाताहरुलाई सभापतिमा वंशलाललाई मत हाल्न आग्रह गरेका हुन्।

'मैले वंशलाल तामाङलाई सहयोग गर्ने भएको छ। म ४३ सालदेखि मोहन बस्नेतसँग बसेको। मैले आज अपमान खानुपर्‍यो। सिन्धु कांग्रेसको शिर ठाडो गर्न मैले वंशलाललाई समर्थन गरेको,' प्रेसमिटमा प्रेमध्वजले भने।

सभापति पदको लागि शनिवार भएको निर्वाचनमा संस्थापन पक्षका जंगबहादुर लामाले ७०५ मत ल्याएका थिए। उनी संस्थापन पक्षका उम्मेद्वार हुन्। शुरुबाटै उम्मेद्वारी प्रचार गरेका प्रेमध्वले संस्थापन मोहन बस्नेतले औपचारिक उम्मेद्वार नबनाएपछि बागी उम्मेद्वारी दिएका थिए। प्रेमध्वले ४९३ मत पाए।

संस्थापनइतरका वंशलाल भने ६३९ मत ल्याउँदै दोस्रो भए।

कांग्रेस सिन्धुपाल्चोकको शनिबार भएको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि आज पुन मतदान हुँदैछ। सबैभन्दा बढी मत ल्याउने जंगबहादुर र वंशलालबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो।

जिल्ला सभापतिका लागि संस्थापन पक्षमै दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो।

मतदान सदरमुकाम चौतारामा ११:३० बजेबाट शुरु हुने निर्वाचन समितिले जनाएको छ। सिन्धुपाल्चोक कांग्रेसमा १८०० भन्दा बढी मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell