PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

युक्रेन युद्धमा रुसले चीनसँग हतियार सहयोग मागेको अमेरिकी दाबी



युक्रेन युद्धमा रुसले चीनसँग हतियार सहयोग मागेको अमेरिकी दाबी
फोटो : Getty Images

रुसले जारी युद्धमा चीनको साथ खोजेको अमेरिकाले दाबी गरेको छ। एक अमेरिकी कूटनीतिज्ञ रिचार्ड एन ह्यासले जारी युद्धमा रुसले चीनबाट सैनिक, हतियार तथा अन्य सहयोग मागेको दाबी गरेका छन्।

यसबारे सिएनएनले अमेरिकास्थित चिनियाँ दूतावासलाई प्रतिक्रिया मागेको थियो। अमेरिकाका लागि चिनियाँ राजदूतावासका प्रवक्ता लिउ पेङग्युले यसबारे आफूलाई केही थाह नभएको प्रतिक्रया दिएका छन्।

दुई देशबिच एकसाता अघिमात्र सम्बन्धमा कुनै सीमितता नभएको घोषणा भएको थियो। रुस र चीनबिचको आर्थिक सम्बन्ध निकै बलियो छ, जबकि गत वर्षमात्र दुई देशको व्यापार १४७ बिलियन डलर पुगेको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell