PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

सर्लाही कांग्रेस सभापतिमा सिंह निर्वाचित



सर्लाही कांग्रेस सभापतिमा सिंह निर्वाचित

सर्लाही : नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्।

सिंहले संस्थापनईतरका लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याउँदै सभापतिमा निर्वाचित भएका हुन्। ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेकामा बदरबाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र पाए।

जिल्ला कार्यसमितिको अन्य पदमा संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारीमात्र उम्मेद्वार विजयी भए। अर्का उप-सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) चुनिए।

त्यस्तै सचिवमा संस्थापनका निरज कार्की र मनोज यादव विजयी भएका छन्।

सह-सचिवमा संस्थापनकै ईन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाहा विजयी भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell