PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पर्नु परो पिर... चुनावको मुखमा हलुवामा बालुवा



रवीन्द्र मानन्धर

पर्नु परो पिर... चुनावको मुखमा हलुवामा बालुवा

होइन भनौं, भएकै हो। हो भनौं, चुनावको मुखमा कसरी सहनु पिर? एमाले कार्यकर्ताले पशुपति शर्माको 'लुट्न सम्म लुट...'लाई रोकेकै थिए। त्यो गीतमा त पार्टीको नाम जोडिएको थिएन। अनि यसमा त नामै काडियो। भोग्नेले पिर भोगे पनि वाक् फुटेको थे'न। गीतबाट बोली फुट्यो। यत्रो लामो संघर्षलाई १६ मिनेटको भिडियोले सखाप पार्ने? सयौं नेताका विशाल महल ठडिएकै छ। चिल्ला गाडी गुडेकै छ। तिनलाई नदेख्‍ने? नजर बदलौं, जयजयकार गरौं नेताको। तिनैलाई शब्दमा उतारौं, संगीतमा ढालौं। राजनीतिक भजनको युगमा दु:खीको कथा भन्ने? पाइँदैन, बन्द गरौं यस्ता गीतहरु। निषेध गरौं दृश्यहरु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell