PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

मकवानपुरमा पनि देखियो बर्डफ्लु, सात सय कुखुरा नष्ट



मकवानपुरमा पनि देखियो बर्डफ्लु, सात सय कुखुरा नष्ट

हेटौंडा : मकवानपुरमा पनि बर्डफ्लु रोगको संक्रमण देखिएको छ। जिल्लाको भीमफेदी गाउँपालिका वडा २ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए।

उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षणको लागि काठमाडौं पठाइएको थियो। ल्याब परीक्षण गर्दा बर्डफ्लु संक्रमण भएको पुष्टि भएको प्रमुख यादवले बताए।

उनका अनुसार बर्डफ्लु देखिएको क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको छ। उक्त स्थानमा हिजो राति नै पालिएको २ सय वटा कुखुराहरु नष्ट गरेको र आज विहान पनि करिव ४०० वटा कुखुरा नष्ट गर्ने तयारी रहेको उनले जनाए। उक्त क्षेत्रका कुखुराको मासु बजार नपठाउने समेत उनले जानकारी दिए। 

पछिल्लो समय देशको विभिन्न स्थानहरुमा बर्डफ्लु रोग पुष्टि भईरहेको छ। मकवानपुरमा भने यस वर्ष पहिलो पटक बर्डफ्लु संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell