PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिँदै, २० प्रतिशत बोनस सेयरको प्रस्ताव



नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिँदै, २० प्रतिशत बोनस सेयरको प्रस्ताव

काठमाडौं : नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिने भएको छ। कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

कम्पनीले चैतको २४ गते वार्षिक साधारणसभा डाकेको छ। टेलिकमले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ। अब २० प्रतिशत बोनस सेयरले चुक्ता पुँजी ३ अर्ब रुपैयाँले थपिएर १८ अर्ब रुपैयाँ पुग्ने छ। कम्पनीले पोहोरजति नै लाभांश दिएको हो। पोहोर पनि ४० प्रतिशत लाभांश दिएको थियो। तर, कम्पनीले कहिले पनि बोनस सेयर वितरण गरेको थिएन।

बोनस सेयर दिने सूचना चुहिएका कारण कम्पनीको कारोबार र मूल्य बढिरहेको थियो। कम्पनीले बोनस सेयर दिने भएपछि त्यहाँका कर्मचारीले बिरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell