PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

रसियाले राष्ट्रपति बाइडेनसहित अमेरिकी अधिकारीमाथि लगायो प्रतिबन्ध



रसियाले राष्ट्रपति बाइडेनसहित अमेरिकी अधिकारीमाथि लगायो प्रतिबन्ध
Photo: : Reuters

रसियाले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्धको घोषणा गरेको छ। युक्रेनमाथि आक्रमण सुरु गरे पछि अमेरिकाले पुटिन लगायत रसियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो। त्यसको जवाफमा रसियाको विदेश मन्त्रालयले राष्ट्रपति बाइडेन र अन्य १२ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाएको बताएको बीबीसीले उल्लेख गरेको छ।

रसियाले प्रतिबन्ध लगाएका व्यक्तिहरुको सूचीमा विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड अस्टिन, प्रेस सेक्रेटरी जेन साकी र प्रशासनका अन्य सदस्यहरू रहेका छन्। यो सूचीमा आश्चर्यजनक रुपमा पूर्व विदेशमन्त्री हिलारी क्लिनटन र बाइडेनका छोरा हन्टर पनि रहेको समाचारमा ्उल्लेख छ।

प्रतिबन्धअन्तर्गत उनीहरुलाई रसिया प्रवेशमा निषेध गरिएको छ भने रसियामा रहेका उनीहरुका सम्पत्ति 'फ्रिज' गरिनेछ। यद्यपि, प्रतिबन्धले प्रभावित व्यक्तिहरूलाई आवश्यक उच्चस्तरीय सम्पर्कमा भने बाधा नपुर्‍याउने मन्त्रालयले बताएको छ।

पश्चिमा देशहरूले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, विदेशमन्त्री सर्गेई लाभरोभ र क्रेमलिनका प्रेस सेक्रेटरी डिमित्री पेस्कोभलगायत शीर्ष रसियाली अधिकारीहरूलाई यसअघि नै प्रतिबन्ध लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell