PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बाइडेनले पुटिनलाई भने, 'युद्ध अपराधी', क्रिमलिनको जवाफ : बाइडेनको टिप्पणी अक्षम्य



बाइडेनले पुटिनलाई भने, 'युद्ध अपराधी', क्रिमलिनको जवाफ : बाइडेनको टिप्पणी अक्षम्य
फोटो : atalayar.com

युक्रेनमा रुसको आक्रमण जारी रहेको बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिन 'युद्ध अपराधी' भएको टिप्पणी गरेका छन्। बुधवार ह्वाइट हाउसमा सञ्चारकर्मीसँगको सवालजवाफमा युक्रेन युद्धलाई लिएर सोधिएको प्रश्नमा बाइडेनले उक्त टिप्पणी गरेका हुन्।

अमेरिकी राष्ट्रपतिको यस्तो टिप्पणीले दुई देशबीचको कूटनीतिक सम्बन्धमा असर पुग्ने बताइन्छ। किनकि बाइडनले पहिलो पटक रुसका राष्ट्रपति पुटिनलाई 'युद्ध अपराधी' भनेका हुन्।

बाइडेनको टिप्पणीलाई क्रिमलिन भने 'अस्वीकार्य अनि अक्षम्य' भनेको छ। क्रिमलिनका प्रवक्ता दिमीत्री पेस्कोभले अमेरिकी राष्ट्रपतिको भनाई वाकपटुता भएकोसमेत उल्लेख गरेको रुसी समाचार संस्था तासले जनाएको छ।

बाइडेनको पछिल्लो भनाईले अमेरिका र रुसबीच कूटनीतिक तनाव बढ्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell