PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

रसियाली सरकारी टिभी च्यानल आरटीमाथि बेलायतले लगायो प्रतिबन्ध



रसियाली सरकारी टिभी च्यानल आरटीमाथि बेलायतले लगायो प्रतिबन्ध
PHOTO: GETTY IMAGES/BBC

बेलायतले रसियाली सरकारी टिभी च्यानल आरटीलाई प्रतिबन्ध लगाएको छ। युक्रेन युद्धको निष्पक्ष कभरेज गर्न असमर्थ भएको भन्दै बेलायतले आरटीमाथि प्रतिबन्ध लगाएको हो

बेलायतको प्रसारण मिडिया नियामक ‘अफकम’ले रसियाको आक्रमणबारे आरटीले गरेको कभरेजमा २९ वटा अनुसन्धानहरु गरिरहेको बताएको छ। र, युद्धको सम्बन्धमा क्रेमलिनको नीति विपरीत कुनै पनि पत्रकारितालाई ‘अपराधीकरण’ गर्ने रसियाको नयाँ कानुनहरूलाई पनि ध्यानमा राखिएको ‘अफकम’ बताएको छ।

‘अभिव्यक्तिको स्वतन्त्रता यो देशमा कडाईका साथ पालना गरिने कुरा हो, र प्रसारकहरूमाथि कारबाहीको लागि मापदण्ड एकदमै उच्च छ’, अफकमका सीईओ मेलानी डावेसले एक विज्ञप्तिमा भनिन्, ‘स्वतन्त्र नियामक प्रक्रियाबाट हामीले आरटी युकेमा इजाजतपत्र पाउनको लागि उपयुक्त नरहेको पायौँ। यसको परिणाम स्वरूप हामीले आरटीको बेलायती प्रसारण इजाजतपत्र खारेज गरेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell